कस्को पर्खाईमा छौ तिमी?
समय तिमीलाई पर्खिरहेछ |
संसार बदल्ने तिमी नै हौ ,
आउने जाने क्रम त भइरहेछ !
बाधा अड्चन त हुनेछन्,
तर तिमिलाई याद होस !
तुफानलाई बाधाले रोक्दैन ||
सोचले अड्काउला निरन्तरतालाई?
तर अठोटले सोचलाई जित्छ|
लक्ष्य यति ठूलो बनाउँ कि?
तिम्रो लक्ष्य सुन्दा अरुलाई डर लागोस् |
सोच ,खोज ,लड, उठ !
संसारको निम्ति होइन, आफ्नो निम्ति |
तिमी योद्धा हौ,
बादल माथि सोचको पंख फिजाएर,
कल्पनामा संसार निर्माण गर्ने प्राणी |
हावाको बहावलाई चिरेर,
सूर्यको तापलाई छेकेर,
ब्रह्माण्डको शक्तिलाई
आफूभित्र समेट्ने प्राणी |
विचार र विश्वासको भरमा,
संसारको भाग्य निर्माण गर्ने प्राण |
भोको लक्ष्य, दृढ अठोट,
गन्तव्य समक्ष छौं,
तैपनि अलमल्ल?
आँधीलाई चिरेर, पहाड पन्छाएर|
तिमी धैर्य चोर,यही प्रकृतिसँग !
स्तब्धताबाट उपदेश निकाल्दै ,
शून्यताबाट भाव निकाल्दै ,
जोस घट्ला कहिले?
पथ हराउला कहिले?
आफैले धकल आफूलाई,
आफ्नै भर गर अहिले !
जगतलाई जुन चमत्कार लाग्छ.
तिमी त्यस्तो कार्य गर |
बीर गाथाहरू,हुन्छन् जुन किताबमा,
तिमी त्यसका कथाहरु भर |
समय तिमीलाई पर्खिरहेछ |
संसार बदल्ने तिमी नै हौ ,
आउने जाने क्रम त भइरहेछ !

No comments:
Post a Comment